Friday, April 7, 2017

Tyo Shanibaar!

शीर्षक विहिन | सम्पादन विहिन
#रब्बे डाँडा #सोनु निगम #सनिवार  #पुनित सर

सनिवार, जनुअरी ७, २०१७
शार्लोट, नर्थ क्यारोलिना

फुर-फुर खसी रहेका हिउँका कणहरु, बार्दलिमा जम्मा भएको हिउँको पातलो सतह, हरियो स- साना रुखहरु माथि चाँदीका गहना सरि लेपियेको हिउँ, नाँगो- अग्ला रुखहरुका नाङ्गै हाँगामा भुइ चुम्न अटेर गरेर बसिरहेका शिशाझैँ हिउँका अवशेष, टाढा टाढा देखेसम्म सेतो रंगको कब्जा भएको आनन्दिय दृश्यहरुले आजको सनिवार बिहानीको  सु मधुर आरम्भ भयो । शायद येही हो प्रकृति को शक्ति।

मंगोलियन हार्ट ब्याण्डको "हिउँ पर्यो पुरुरु" गीत गुन गुनाऊदै शार्लोटलाई बोकेर बार्दलिमा निस्किए। बिचरा एक वर्षको नानीलाई हिउँ पर्नुको के अर्थ होला र? बच्चाहरुलाई  त उकालि ओरालि सबै बराबर । “नानुलाइ चिसो हुन्छ है" भित्र बाट सुष्मिता सम्झाए पछि कोठामा फर्किए।

प्राय शुन्य रहने हाम्रो घर सासु आमा, साला बुहारिको उपस्थितिले हल्का रमझम भएको छ । भान्छा कोठाको टेबलमा जम्मा भएर बाहिर को हिउ हेर्दै, तातो तातो बिहानको नास्ता गर्दै हामि गफी रह्यौ। सधै झैँ फुर्सद भएकोले म गितार बजाउन बैठक कोठामा आए। यतिकै हिन्दि, नेपालि अनि अंग्रेजी गीत हरु गाउदै जादा सोनु निगम को दीवाना अल्बमका गीतहरु गाउन पुगेछु। नोस्ताल्जिया पनि मानव भावहरुको कस्तो शक्तिशालि आबेश हुदो रहेछ। चैत महिनामा एक्कासी बहने हुरी सरह पुराना यादहरु को आधि बेरीले भिजायिदियो। त्यसै त सानोसानो सम्झना समेटेर हिड्ने मान्छे म, त्यस माथि सनिबार को फुर्सदिलो हिउँले बिहानीमा पुराना यादहरुले उकुस मुकुस नै पार्यो । साँचेका मिठा यादहरु जीवनको गोरेटोमा हिड्नको लागि मेरो आड हुन।तिनै यादहरुको पोको फुकाउदा कहिले हर्षले साहस दिन्छ भने कहिले तिनै सुमधुर दिनहरु अब त के रचिंथे र भन्ने निराशापनाले गलाउछ ।

आज सोनु निगम को दीवाना अल्बम को गीतहरुले सम्झना बल्झाउने काम गर्यो । गोर्खा स्कूल को कम्प्युटर ल्याब, पुनित भट सर, हाल्फ़ प्यान्ट लगाएर घुम्ने हामि किशोरका बगाल, कम्प्युटर ल्याब अगाडी जम्मा हुने जुत्ता- चप्पलका भिड याद आयो। सम्झनाको पोको का नेर कति बेला फुस्किन्छ भन्ने थाहा न हुने!  सुष्मिताले बेला बेलामा आश्चर्य जनाउदै भन्छिन  "कसरि यति पुराना पुराना कुराहरुको डिटेल पनि याद हुन्छ हौ तिमीलाई?" "खै" अत्यन्त छोटो जवाफ फ़र्काउछु ।

जीवनको औपचारिक शिक्षा हासिल गर्नुपर्ने यात्राको क्रममा कक्षा ६ मा पुगेका हामि रमणीय रब्बे डाँडामा जीवन काटिरहेका थियौ।शनिबारको दिन पुरै डाँडानै एक किसिमको आराम मुद्रामा धकेलिएको थियो। हप्तादिन तेजिला अनि कमजोर विद्यार्थीको कोलाहलले गुञ्जने कोठाहरु सुति रहेका थिए, टेबल बेञ्च केवल नांगा मृत काठमा परिणित भएका थिए, बिल्डिंग अगाडीको चौर एक्लै घाम तापेर बसी रहेको थियो, अरु बेला शिक्षकहरू अनि बिद्यार्थीहरुको श्रंखला धान्ने बरण्डाहरु खालि थिए , बरु बिशाल अनि भुइँ टल्किएको देखिन्थ्यो। मौन डांडामा हामि किशोर बगाल मनोरंजन खोज्न हिडेका थियौ। हामि छात्रावासीहरुलाई त्यै सिंगो डांडा नै हाम्रो पाठशाला, घर आगन, गाउँ बजार सबै थियो। सरर हेर्दा नजरमा अटाउने जति पारि पारि का अरु डांडाहरु, गाउँ बस्तिहरु, तल सडकमा गुडी रहेका सवारीहरु, विभिन्न उदेश्यले हिडी रहेका बटुवाहरु, रब्बे डाँडालाई  तिन तिर बाट पटुकी झैँ कसेर बग्ने कटुवा खोलामा लुगा धुन, नुहाउन आउका स-साना जमातहरु हाम्रा लागि केवल बाहिरका संसार थियो। आँखा ले देखे पनि हामि भन्दा धेरै टाढा किनकि हाम्रो छात्रावास नै हाम्रो संसार थियो। हाम्रो संसार को आफ्नै नियमहरु थिए; नियमका पालनकर्ताहरु थिए, सजाय अनि पुरस्कारहरु थिए ।हामि स्वन्तन्त्र थियौ तर मुक्त थिएनौ।

दिउसोको खाना खाने तालिका सकेर सिंगो डाँडा नै स्पेन देशमा लिइने 'सिएस्ता' जस्तै स्थितिमा थियो। धेरै जसो जनसंख्या कोठामा आएर आ-आफ्नो फलामे पलंगमा सप्ताह मनाउदै थियो । नियम अनि अनुशासनले अडिएको हाम्रो सानो संसारमा आफ्नो प्यारो बिस्तारा माया मारी रमाइलो खोज्न हिडेका हामी कम्प्युटर ल्याब अगाडी केहि जुत्ता देख्दा छक्क पर्यौ। शनिबार को दिन अरुझैं सुत्नु पर्ने कोठा किन जागा छ ? भित्र चिहाउद़ा पुनित सर आफ्ना केहि साथिहरु संग गफ गर्दै, कम्प्युटर गेम खेल्दै सनिबार मनाई रहेका थिए। मन्द आवाजमा सोनु निगम को मिठो गीतले कोठा संगीतमय थियो, आधा बन्द झ्यालहरुले मधुरो घामलाइ मात्र अनुमति दिएका थिए । त्यसै पनि महत्वपुर्ण मानिने यस  कोठामा सनिबार जस्तो बिदाको बेला छिर्न पाउने कुरै हुदैन भन्ने हामीले राम्ररी बुझेका थियौ। दिउसोको अत्यास लाग्दो सुन्यतालाई जित्न हिडेका हामीलाई चिहाएको देखेर "हल्ला न गरेर आओ भित्र" मात्र के भनेका थिए पुनित सर ले, हामि २ सेकेन्ड भित्रै एक एक ओटा कम्प्युटर अगाडी आफ्नो डेरा जमाएका थियौ ।चप्पल फुकालेको याद भएन तर खुट्टा हेर्दा खालि थिए। नियम पालन गर्ने त स्वचालित प्रकृति नै भै सकेको थियो। मान्छे को बानि न पर्यो धेरै माग्ने; माग गर्यौ  “सर, गेम खेल्चम नि हामि पनि "। सर को हुन्छ को टाउको हल्लेर न सक्किदै सबै जना आ आफ्ना कम्प्युटर मा 'डेव' गेम सुरु गरि सकेका थिए। धेरै जसो छात्रावासी फगत फलामे पलंगमा सनिबार काटन रमाएको बेला हामि केहि भाग्यमानीका झुण्ड बिशेष सप्ताह मनाई रहेका थियौ। सोनु निगम ले "दिवाना तेरा" गाइरहेका थिए, बाहिर घाम अनि मन्द हावा कुस्ती खेली रहेका थिए, भित्र हामि मनोरंजन भेटेका बिजयी किशोरहरु किबोर्ड अनि माउश थिच्न ब्यस्त थियौ।

Tuesday, April 19, 2016

अन्तर्मनका कुराहरु:
मेरो जीवनले करिब तिस बसन्त पार गरिरहदाँ मेरो देश नेपालले पनि धेरै काचुली फेरेको महसुश हुन्छ। करिब एक दसकको परदेश बसाईले आफ्नो मातृभूमिलाई हेर्ने मेरो  आफ्नै नजरियामा पनि आकाश-जमिनको फरक आएको छ। हिजोसम्म आफ्नो आत्मा-केन्द्रित भावाना र उन्मादले भरिपुर्ण देशप्रेममा लिप्त थिए भने आज विश्व मानचित्रमा आफ्नो देशको अस्तित्व खोज्ने भएको छु। मलाई सानै देखि हुर्किदै र प्रगति गर्दै आएको देख्नेहरु आज मलाई बयस्क भएको देख्दा जसरि समयको बेगप्रति नतमस्तक हुदो हून, त्यसै गरि म पनि नेपाली समाज एकपछि अर्को गर्दै भिबिन्न रुपमा परिवर्तित भएको देख्दा निकै अनौठो महसुस हुने गर्दछ! समयको बेगले एस अबस्थासम्म ल्याइपुराउदाँ खुसि पटक्कै लाग्दैन,  दु:ख अटाउने ठाउँ पनि छैन। म कुनै बुद्धिजीवी, बिषेशज्ञको दाबि गर्दै यो लेखीरहेको पनि छैन, केवल आफ्नो जीवनका मनोगत भावना र अनुभवहरु बटुलेर पोख्दै छु। पछिल्लो समय एउटा चेतनशील युवाको दायित्व बोधले होला मलाई धेरै पछि कलम चलाउने जाँगर आयो।
चारैतिर कोलाहल देख्छु; मात्र देश बिग्रियो, भत्कियो भनेर! सबै क्रोधित र निराश तर उत्साहित हुँदा पनि बिबश छन। हाम्रो देशमा किन यस्तो आन्धकार छाएको होला भनेर एकै छिन् आफ्नै अन्तरमनको  बिचार-बिमर्शले पक्कै पनि यो गाँठो फुकाउन सकिन्न। किनकि एउटा प्राचिन देशको उदय वा पतनमा हजारौ पिढीको लगानी र दोष भरिएको  हुन्छ।  तिनै दशकौ र सतकौ सतकका बिबिध चरित्रहरुले भरिएका पीढीहरु मार्फत कति आत्मा, नाता-पाता, रगत, भेष-भुषा र संस्कृतिको होम भएको हुञ्छ।  नेवारी संस्कृतिमा चरम चाख राख्ने मेरा पिताका एक जना साथिले एक पटक भन्नु हुन्थियो " जुन संक्सृती को आफ्नै भाषा छ, चाड पर्व छ, आफ्नै खाना र परिकार छ, भेष-भुषा छ, त्यो जत्तिको धनि समाज अरु के होला र?" सायद उहाँले त्यति बेला नेवारी समाजको बयान गर्दै हुनुहुन्थ्यो तर त्यस अभिव्यक्तिले नेपाल देश नै समेट्छ जस्तो मलाई लाग्छ । तर बिडम्बना यति धेरै संस्कृति र परम्पराको धनि हुदाँ हुदै, आफ्नो समाज र देशको बारेमा सधैं गर्ब गर्ने कुरा सिक्दा-सिक्दै, कहिले झुक्न नपरेको गौरवशाली रगतको इतिहास आत्मसात गर्दा-गर्दै, हिमाल पहाड तराई जस्तो भौगोलोक विविधतामा लडी-बुडी खेल्दा खेल्दै आज हामि सबै किन यसरी पछारिएका छौ त? लक्ष्मी प्रसाद देवकोटा को कबितामा जस्तै इश्वरले हाम्रो यति सुन्दर देश, सभ्यता रचेर फेरी किन पछारेका होलान त? तर के इश्वरले पछारेका हुन् त? कि हामि आफै गलत बाटोमा दौड्दा-दौड्दै शिथिल भएर ढलेका हौ? यहि नै मेरो यो लेखको मूल प्रश्न हो!
समस्या के  हो? यो हामि सबै नेपालीको मन पर्ने प्रश्न हो किनकि हामिसंग यसको उत्तर त्तयार छ!  हामि समस्या नै समस्या मा हुर्केको समाज भएकोले यस बिषयमा लगभग सबै संग मानौ बिद्या वरिधि नै छ! महंगी, बेरोजगारी, कानून-कायदाको अनुपथिस्तिती, मानसिक, राजनीतिक र संरचनागत भ्रस्टाचार हाम्रो सजिला उत्तर हुन! सबैले गालि गर्ने अनि सराप्ने सरकारलाई नै हो! एउटा गर्हुङ्गो झोला दायाँ हातबाट बायाँ अनि बायाँबाट दायाँमा सार्दै हिडे जस्तै हामि आफ्नो समस्याहरु बिसाउनै नदिइ बोक्दै हिडेका छौ।  बिसाउने चौतारी कसैले भेटाएको पनि छैन, यसको देह-संस्कार गर्न हामि आकुल-ब्याकुल छौ तर यो मर्दैन। जतिबेला पनि मुख सरकारको नै ताकेको हुनछौ तर सरकार कुनै एउटा जादुगरी यन्त्र हैन, हामीले नै छानेका समाजका प्रतिनिधिहरुको झुण्ड हो, ब्यबस्था हो।  भ्रष्ट नेताहरु हाम्रै घर छिमेकका एक पात्र हून! हामीले र हाम्रा सोचका परिणाम-पात्र हुन। यसो भन्दा भन्दै हामि र उनिहरु को देश-प्रेममा यत्रो भिन्नता किन? एक अर्कालाई दोष लगाउने क्रम रोकेर बरु हामि अब आत्मिक अध्यन गर्दै आफुलाई नै नियालेर हेरौ। मैले यहि प्रयत्न गरे अनि विश्लेषण गरि  बुँदागत रुपले प्रस्तुत गरेको छु।
१. आफ्नो धर्मको महत्व नबुझ्नु:
नेपाल सानो भए पनि विविधतापूर्ण छ! यति सानो मुलुकमा सबै धर्म अटेको छ! हिन्दु धर्म यहाँको मुख्य धर्म रही आएको हुनाले यसको प्रभाव पनि ठुलो छ! तर के हामीले तस्बिर र मुर्तिमा देवी-देवता चिन्नु बाहेक कहिले हाम्रो सनातन धर्मको सार बुझ्ने प्रयास गर्यौ ? कता छ हाम्रो तपस्या? कति गहिरा पाठहरु छन् धर्मकर्मका किताबहरुमा , तर  कहिले  वेद , रामायण, महाभारत वा अन्य धार्मिक  ग्रन्थ  पढेका  छौ? पढेको र नपढेकाहरुको कति प्रतिशत भिन्नता छ? हामीले आफ्नै पुर्खाले गर्दै आएको परम्परा हरु त घोक्यौ तर कहिले त्यसको पृष्ठभूमिको बारेमा केहि शोध-खोज गर्यौ? केहि वर्ष अघिसम्म नेपाली मानब समाजमा छुवाछुतको धारणा भएको हाम्रो सामाजिक मान्यातामा ठुलो परिमार्जन भएको छ! अनि हामीलाई खाचो छ: धर्म र आफ्नै बिरासत पूर्ण इतिहास;  यसको  बिकाश  अनि  यसको  शिक्षा। यदी  हामीले  आफ्नो  धर्म  बुझेको  थियौ  भने  अलि  धेरै मथिल्लो स्तरमा चेतनशील हुन्थ्यौ अनि यसरी सामाजिक बिद्ध्वंशमा भाग लिने थिएनौ! हो दिन छ भने रात पनि छ, राम्रो छ भने दुस्ट (नराम्रो) पनि  छ! तर  हाम्रो  आफ्नो धर्मको उचित अध्ययनको कमिले हाम्रो समाजमा दुस्टताको परिमाण आधुनिकतासंगै बढेर गएको छ!
२. शिक्षा, कला अनि साहित्यमा लगानी नहुनु:
हाम्रो  नेपाली समाज धर्म  र  संस्कृतिको भण्डार भएता पनि यसमा अरु मूल्य र मान्यता थप्ने  काममा हामीले सधै कन्जुस्याई  गर्यौ। मुख मात्र खोल्यौ , मुट्ठी  खोलेनौ। थैलीबाट झिक्दै  गयौ तर भर्न जानेनौ।  एतिहाशिक रुपले अत्यधिक अर्थ राख्ने  धार्मिक स्थल, मठ-मन्दिरहरु जिर्ण हुदै गए , कला-संकृतिका  जगेर्ना  गर्न  खोलिएका  केहि  न्यून  संघ-संस्था  "पारखी"  अनि  हौसलाको  कमिले  थलिदै गए, बिद्यालयहरुमा आधुनिकता प्रवेश गर्यो तर नैतिक शिक्षाको दृस्टीले गुणस्तर -हिन हुदै गए। पश्चिमा मुलुकमा शिक्षा , सामाजिक  संघ-संस्था  प्रति  अत्यधिक आदर  छ , लगाव  छ अनि  लगानीको  एउटा  प्रसंशनीय बाताबरण छ। कर्ममा  विश्वास  राख्ने  पश्चिम  समाजका  नागरिकहरुले शिक्षा एवं  सामाजिक  संस्थानहरुमा  आफ्नो  दक्ष अनुसारले आर्थिक सामाजिक र भौतिक सहयोग गर्ने गर्दछन। यसरी  दिएको  रकमको  सरकार  बाट अनुगमन र सुरक्षा पनि  हुन्छ। निकै  जवान  देश  अमेरिका  जसको  स्थापना  भै-रहदा  हामी मानव सभ्यताको  चुलीमा  थियौ , आज  त्यहि  अमेरिका  शिक्षाको  क्षेत्रमा बिश्वमा अग्रणी छ।  हारबर्ड, Standford विश्वविद्यालय जस्ता प्रतिस्पर्दी संस्थाहरुको  घर  हो  अमेरिका।  कला , साहित्य  अनि  प्रबिधिको अत्यधिक  प्रयोग , बिकाश  अनि  उपभोग हुने थलोको  रुपमा  आफ्नो  नाम  लेखीसकेको  छ।   छोटो कालचक्र मै यसरी  उनिहरुको समाज समय अनुसार परिमार्जित भएको  छ,  मौलाएको  छ , जिउँदो छ र अग्रगामी छ। तर  हाम्रो  देशमा  पुजा-पाठमा  दिइने  दक्षिणा र चन्दा  बाहेक संस्थागत अनुदान र भूमिका न्यून  छ।   दिनेहरुको संख्या  नगन्य  छ।   देउसी-भैलोमा केहि  फुटकर बाड्नु  अनि  राजनीतिक  दादागिरीका  संघ-संस्थाको  रशिदको  भरपाई  गर्नु  बाहेक हामीले आफ्नो मुट्ठी खोल्न सकेका  छैनौ।   यो सबै  हाम्रो  दुर-दृष्टिको  कमि  हो।  जति सागुरो मानशिकता गर्दै  जान्छौ , समाज  पनि  त्यति  नै  बिकारको बाटो जानेछ भन्ने  समय  मै बुझ्नु जरुरि छ! आफ्नो समाजलाई  मल-जल  गर्नुको  कुनै  विकल्प  छैन। यस क्षेत्रको उचित सम्मान अनि  सम्रंक्षण  नभएकै कारणले हाम्रो समाज अहिले  विश्वमानचित्रबाट बिलिन हुदै गएको  हो। अब  हामीसंग  अनेकौ लिच्छवी -मल्ल कालका धरोहरहरु , केहि बचेका  भेष-भुषाहरु , केहि  जात्राहरु , अनि  छिप्पिदै गएको गरिबी अनि उदाशिनाता बाहेक केहि रहेन। यदी सहि समयमा शिक्षा कला  अनि साहित्यमा लगानी भएको भए बिस्व परिवेशमा हाम्रो छाप गहिरो रही रहने थियो।  
३. घाँटी हेरेर हाड न -निल्नु:
आज  को  युग  बिध्युतिय संचार को हो रे ! फेसबुक , ट्वीट्टरको  रंगले संसारलाई नै लपक्क लिपेको बेला हामी नेपाली पनि रंगीन  चाहन्छौ। तन, मन , धनले  यही  प्रतिसपर्धामा होमिएका छौ। किनेर, अनुरोध  गरेर, सापट मागेर वा आत्मा बेचेर जसरि हुन्छ आफ्नो मुहार यस पुस्तिकामा छपाउन छ हामीलाई पनि। विश्वको हरेक  तथ्यांकको सुचीमा लगभग मुनि पर्छ हाम्रो नेपाल, तर हाम्रो बजारको एक सयरले रिंगटा लगाउन काफी छ।  कसले भन्यो गरिब?  रेमितयांसको पैसाले धानेको खोक्रो अर्थतन्त्रको कमसल यन्त्र हामि। कोहि पनि कोहि भन्दा कम छैनन्।  मानौ एउटा गरिबी लुकाउने बिशाल प्रतिसपर्धा चलि रहेको छ। एउटा अर्थहीन ,जड नभएको अमिलो  दौडमा छ हाम्रो समाज। तर अरुले घोडा चड्यो भन्दैमा आफुले धुरी किन चड्नु। संसार जतासुकै पुगोस, पहिला आफ्नो अबस्था बुझौ. आफ्नो हैसियत अनुसार काम गर्दा  आफु अनि आउने पिढीलाई सकस हुदैन। समाजमा बिद्धमान स्व-मुल्याकन को कमि प्रति दुख लाग्छ। महान दार्शनिक अरिस्तोतलले भनेका छन् “knowing  yourself is the beginning of all wisdom.” अथार्त आफुलाई जान्न्नु नै  बुद्धिमताको सुरुवात हो। को हौ हामी ? नेपाली  भनेको  के  हो ? के  हो  हाम्रो  नेपाली  समाज ? हाम्रा तत्कालका समस्याहरु के हून? एपल कि स्यम्सुङ्ग भनेर अझै रोज्ने भै सकेका छैनौ हामी किनकि हाम्रा समस्या अझ गहिरा, बिशाल अनि कहाली लाग्दा छन्।  भोकमरी छ, हरेक छेत्रमा नयाँ विचारहरु को घांटी निमोठ्ने भ्रस्टाचार अनि शिक्षा को कमि छ, पानि, बिजुली , बाटो जस्ता भौतिक पूर्वाधार कै बन्दोबस्त छैन ,कृषि प्रधान देश भनेता पनि येश क्षेत्रमा एक सुको को प्रगति छैन। यी प्रश्नहरुका पूर्ण जवाफहरु नपाउञ्जेल हामीले हाम्रो झुटा आकर्षणहरु तह लगाउन पर्छ। नत्र  हामी रस हराएको फल  हुन  धेरै बाँकी छैन।  याद गरौ एउटा प्राचिन देशको उदय वा पतनमा हजारौ पिढीको लगानी र दोष भरिएको  हुन्छ। धनि  बिकसित देशले गरेको प्रगतिहरू मात्र देखेर रयाल काढनु  भन्दा उनिहरुको परिश्रमको पनि हेक्का राखौ। भरिपुर्ण हौ, खोक्रॊ होइन।
४. पढ्ने बानीको बिकास नहुनु:
हाम्रो समाजले पढ्न खोजेकै छैन। मैले आफु हुर्किने बेलामा बिरलै पढ्ने अभिभावकहरु देखे। हाम्रो बाल-बालिकाहरुलाई जहिले पनि स्कूल, कलेजको पाठ्यक्रमका  किताब, ठेलीहरुले थिच्यौ। कहिले पनि बहुमुखी बिकाश हुने गरि पाठ्यक्रम बाहिरका साहित्य पढ्न प्रोत्साहन गरेनौ। त्यसो  गर्नु  गल्ति  ठानिन्थ्यो, सजाय दियिन्थ्यो।  मेरो बुवा एक उदार व्यक्ति हुनु बावजूद पनि त्यहि समाजको संकुचित सोचको पिडित हुनुहुन्थ्यो। किनकि  उहाँ पनि  यही समाजको फल हुनुहुन्छ, अनि उहाँले कसरी फरक सोच्न सक्ने ? अहिले सम्झंदा सहानुभूति छ  उहाँ प्रति। हामीले सके जति धेरै इतिहास,साहित्य ,जीवनी, ग्रन्थ, कविता, एवं  लेख-पढ  गर्न  आवश्यक छ। विश्व  मानचित्रमा आफ्नो अस्तित्व राख्नुको लागी अपिहार्य छ। चेतनसिल एवं रचनात्मक नागरिकको बिकाश पढ्ने  बानिले  नै संभव छ।

५.मित्र मान्यजनको आदर नहुनु:
हामी गरिबी अनि पिछडिएको सोचले येति धेरै भास्सिसकेका छौ  कि हामीले आफ्नो आत्मसम्मान गुमाई सकेका छौ। यसो हुदाँ हामीले आफ्नो मित्र मानवलाई गर्ने व्यवहार  मा पनि हामी चुकेका छौ। कुनै पनि सार्वजनिक ठाउँमा धक्कम धक्का छ, अशीस्टता बढी छ। शिष्टाचार त  दुर्लभ चरो नै  भैसक्यो। धेरै जसो व्यापार र व्यवसायमा  उपभोक्तालाई चर्को लागत अनि मूल्य बेहोर्न बाध्यताका बावजूद सामान अनि सेवा को गुणस्तर निकै तल्लो छ। यस्तो किन ? किनकि हामीलाई एउटा मित्र जीवनको आदर नै छैन। जवाफदेहिताको अबधारानालाई हामीले मल-जल गर्नै सकेनौ। हामीले यो किन बिर्सेका कि एउटै समाजका सहयात्री भएका कारणले एक ठाउँको ब्यापारी  अर्को ठाउँको उपभोक्ता  हुनु पर्नेछ ? लागत अनि मूल्य असुले अनुसार समाजमा सुबिधा किन छैन ? किन हामी आफ्नो आत्मसम्मानका साथसाथै नैतिकता पनि गुमाएको ? भानुभक्तको कविताले गिल्ला गरेजस्तै  “अरु मरुन सबै दारा किटी-किटी गर्दै , सारा सुख-सयल मै गरु ” भन्ने  दुखान्त समाज किन बिकसित हुदै गएको छ ? अनि त्यही नैतिकताको अभावले मित्र मानवको अबहेलना गरिरहेका छौ।  चुनिएर गएका नेताहरु लाई जनताले प्रदान गरेको त्याग अनि बिश्वासको बोध छैन, दिन दहाडै  बिशाल ठगि कायम छ, मेनपावर कम्पनीले दुइ पैसा कमाउन भनेर जान लागेकै मान्छेको पैसा लुट्छ, सरकारी  कर्मचारीको अप्रभावकारी सेवाले हरेक आधिकारिक काम  लम्बिने अनि लाग्ने शुल्क भन्दा बढी हुने, हरेक तहका व्यवसायले आफ्नो उपभोक्तालाई गुणस्तर सामान अनि सेवा प्रदान गर्नुका साटो पैसा कमाउने छोटो बाटो समात्नु नै हाम्रो नेपाली समाजको रोग  बनिसकेको सकेको छ। याद रहोस! यो त्यही नेपाली समाज हो जहाँ हरेक भेट नमस्कारबाट सुरु हुन्थ्यो।

हाम्रो नेपाली समाज भौगोलिक अनि राजनीतिक ढंगले बाहिर समाजबाट तुलनात्मक धेरै समय सम्म बिच्छेद भएका कारणले हाम्रो आदिम बानि बेहोरा कायम नै छन।   परिमार्जनको ठुलो त खाचो छ तर हामी आफ्नो मौलिकतालाई न गुमाएर पनि विश्वलाई अंगाल्न सक्छौ। आफ्नो मौलिक व्यक्तित्वको हरेक नेपालीले अधिकतम बिकास गर्दै  आफ्नो सोचले आफ्नो सेरोफेरो बदलोस, देश बद्लिन समय लाग्दैन। भनिन्छ  समस्या आउछ तर हल साथ् लिएर, हल देख्न अनि बुज्न समाजका नागरिकको बहुमुखी  सोचको एकजुटताको आबश्यक छ। समाज परिमार्जित हुँदै जान्छ किनकि परिबर्तन नै संसारको सत्य हो। परिबर्तन स्थिर छ। परिबर्तन अंगालेर हामीले आफ्नो समाजलाई परिपक्व बनाउन न सके हाम्रो नेपाली समाज पनि कतै जुरासिक पार्क चलचित्रको  डैनोसरहरु जस्तै त हुने हैनौ ? डर त छ तर राम्रै हुन्छ भन्ने आश पनि।

Wednesday, December 30, 2015

This Halloween! That Halloween!


The November cold has conquered the morning. But I am in a different kingdom as the warmth beneath my quilt keeps demanding my surrender. I force myself out and land on the cold hard-wood floor, half amazed at my will power. A victorious feeling immediately prevails as it meant an early start of the day, witness of the sunrise and fill my lungs with some fresh air. The whole last week of drizzle, cold and darkness has left me with damp lazy feeling and certain kind of gloom and I definitely need to shrug it off. This is my second North Carolina Autumn and I am already in love with its Autumn season when the leaves of the trees begin changing their color. Having lived many years of my youth in the bland-feeling, flat land of Texas, it took me no time to fall in love with North Carolina. Being at the crossroad of varied geography, I chose this place as I will be two hours south of the mountains and probably about the same time east to the beaches. The various hues of yellow, orange and red mating in the leaves of the trees in Autumn makes it a relaxing and soothing sight. Alas! This enjoyment is going to be short lived as the cold keeps creeping pretty early this year and was already stripping many of the trees of its beautiful leaves leaving them half naked.

As I walk briskly on the semi-damp, empty pavements of the neighborhood, the houses are still sleeping under the warmth of their comforters which they must have bought during some black Friday sale. Vehicle noises from the nearby busy roads serves as a reminder that there are mortals out there who also have an early start of the day. Somewhere in my heart, I develop a sympathy for them.  Sympathy for not being able to idle in the morning, no sunrise witness. Although it has already been a week past Halloween but the remnants of the festive decorations still adorns the front yards and homes. The spider web that spreads over the front yard bushes, the tombstone turned yards, creeper risings and the carved pumpkins still tricks me into thinking if Halloween is still around. In few weeks, it will be time to buckle up for more holidays. There will be turkey eating Thanksgiving, then much awaited Christmas and then the love or hate start of the another year.

After my pursuit of happiness brought me to US in 2008, I had the opportunities to celebrate Halloween in different cities. Mostly it was in the big easy state of Lousiana. With some old friends, I had partied with the LSU crowd in Baton Rouge, and in the funky New Orleans. Last year's Halloween, I was out on the Franklin Street in the awesome college town of Chapel Hill, NC often famous for UNC-Chapel Hill, dancing, laughing, walking, looking, smiling and very happy. If I have to rank my best Halloween experience, New Orleans is the clear winner.

Oh New Orleans! What a night it was! Colorful faces and dresses conquered the Bourbon street where the police officers seemed helpless mounted on their horses. There were happy and loud people and music everywhere. It was an uprising of real happiness and I did not see any pretense in the joy and and happiness. Things appeared in to be in their most honest form, be it the joy, shout, and happiness. For a moment I had felt as if the world had never seen any problems and always been this happy. The cold-warm Bourbon street smelled of tobacco smoke and spilled drinks while the whole city felt joyous, shared common happiness. The celebration penetrated every nook and corners. It seemed as if the mankind has always been this happy and communal. It was inside this crowded bar among happy dancing mortals under the disco lights shining upon them and the loud music amplifying their emotions, I received the epiphany once again. All that the civilization needed was alcohol, food, music and fellow happy humans. The pantries of our societies have to be filled with these items to ensure the everlasting joy in the civilization. The atmosphere in the bar was very humble as it accepted everyone without any judgement. Everyone’s past had been forgiven and the future blessed. The only important questions of the moment were — “Are you having fun?” “Are you drunk enough?” “Should we check out the next bar?”
Great times! Amen to those beautiful times where past is erased from one's memory and tomorrow is not feared. Under the dark but flashy lights, loud but comforting music, crowded but solitude dance floor, I grabbed my present, the only treasure I possibly have. I pulled her close to my gyrating body until we could feel each other’s warm breath in a trance of happiness just like everyone else! She looked at me and the shine of her eyes melted me. My intoxicated eyes somehow put up to the challenge. The wealth of attraction between us was not lust or mere buzz from the bourbon hand grenades or the two dollar a cup beer. It definitely was not anything material. The sheer confidence we shared was the beauty of the moment. This moment was mine and it danced to my tune. With left hand around her waist, my right hand little swayed holding my drink, I kept the whole tango balanced. With a mild smile on my face, I asked her, my present “Will you always love me?”

I realize that I have been walking for 35 minutes now, 10 minutes over my usual time. It means that I have to cut short my shower time or gulp my breakfast to make it to my office at 9 am like a conventional employee. How different a halloween can be? Not a single kid knocked on my door for candies! Or do they know I do not have a sweet tooth? The only exciting thing I did this Halloween was spent few hours in the downtown with my wife watching the happy people storm the streets in their colorful, creative themes and persona only to come back to my car that was waiting with a parking ticket for parking in a taxi zone. Well, it was still the same me and the same festival Halloween. Only time had changed. My present had been altered!

Monday, October 19, 2015

Million musk deer

Just finished reading Amar Neupane's "Karodau Kasturi". Thought provoking, melancholic, inspiring, nostalgic and pleasant coming of age story! Thanks for the recommendation Chandra Gharti Magar 
~ I've tried my best to translate the paragraph for my non-nepali speaker/ reader friends ~  
----
Million musk deer, who died without knowing their fragrance. Million musk deer, who are living without knowing their fragrance. Million musk deer, who despite knowing their fragrance are passive and living meaningless lives without any pursuit. Million musk deer, who knew their fragrance only at later point of their lives and live wandering. It’s the idea, vision, creation and invention of few musk deer, who recognized own's fragrance in due time and executed proper actions that runs the world and its people.
----
I personally feel I am one of the million deer. What about you?





Friday, September 4, 2015

Authors I want to follow. What does your list looks like? Feel free to share your list in the comment section.

Gustave Flaubert
Joan Didion
Don Delilo
Neil Gaiman
Lord Byron
Stephen King
Gloria Steinem
Truman Capote
William Somerset Maugham
Ernest Hemingway
Terry Pratchett
Mickey Spillane
Anne Rice
Scott Fitzgerald
Chittadhar Hridaya
Paarijat
Herman Hesse
VS Naipual
Gabriel Garcia Marquez

Saturday, January 18, 2014

Sir...Let's play

On a beautiful December afternoon, the laughter and sound of children running around filled the two storey public primary school building. The under-facilitated and poorly furnished establishment screamed poverty just like the students who attended it. Despite its location beside a highway to nearest town, the establishment seemed to have quietly hid itself amidst the small hills and tall trees. The few hard working teachers that the school could boast were also outdoors basking under the warm sun which felt precious amidst the cool air blowing. To everyone’s joy, the sunshine kept good company. Or it seemed that was the only cheerful thing they could afford. 

Ved and Jarin stood at one corner of the playground watching the kids make the best use of their recess time with a torn down soccer ball. They kept shouting, running, kicking and laughing. The rough, uneven playground full of small stones did not stop them from playing. The cool air and the warmth of the sun kept wrestling.

“They look so happy. And the attendance rate looks good too. Since the past four days that I am here, everyone’s been regular to the school.” Jarin told Ved without removing his sight from the joyful crowd.

He was visiting this school since past few days with his foreign friends who were volunteering to teach arts for these rural kids. Jarin was very happy and felt proud in one corner of his heart to be able to successfully invite them to his hometown for a good cause. Regular attendance was hard to achieve in a rural public schools where kids were often saddled with household affairs from a young age; he knew. Although he had a comfortable upbringing, living in a small town had allowed him to note poverty. He knew how some people had it and some were cheated. This sour truth pinched him deep inside.

“Well…” Ved, a tall, slender man in his mid thirties who had been fascinating Jarin with his fluent, beautiful Sanskrit verses ever since the art classes started, moved a little closer with his signature half smile. He has been teaching in this school for many years now and knew his students and their backgrounds inside out.

“Yes…yes. They look happy…”

Jarin signaled asking for a quick interruption. He reached his front-right pocket of his jeans and pulled out his vibrating cell phone. He quickly scanned the screen, silenced the vibration and put it back in his pocket.

“Sorry Ved ji. Please, go ahead.”

“It’s Ok. Well, what was I saying? Yes, I was saying… I would say they are content. At home, their parents are busy trying to earn two meals a day. They hardly have time for their kids or let alone care, monitor their education. In their dwellings, there is loneliness, poor food, poverty, and most of the time un-cooperative parents. They come to school to escape all the darkness, misery and poverty that engulfs them there. Here, at least they get to meet friends and play.”

Jarin nodded in affirmative, his gaze still fixed on the children playing. The ball came rolling towards him which he stopped with his right leg. A small boy in a dirty, torn navy-blue sweater paired with blue shorts came running to fetch it.

“Sir, why don’t you come play with us? Come on… I will place you in one of our teams. Come on.” The boy insisted looking at the ball and him.

“Yes, sure. Why not? Let’s play.”

He entered the playground. The sun kept smiling as the cold air kept making rounds.